प्रदेश नं ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी (नामावली)

सुर्खेत, २४ माघ – प्रदेश नं ६ मा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् जारी मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसक्नुभएका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् बुढाले तीन हजार ७२० मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए । बुढाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालप्रसाद शर्माले ९७८ मत प्राप्त गरेका थिए । त्यस्तै, लुहारले तीन हजार ६६६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी काँग्रेसका मित्रलाल सार्कीले ९६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । एक हजार १६२ मतभार कोटा निर्धारण गरिएकामा वाम गठबन्धनका महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्माले निर्धारण गरेको मतभार कोटा क्रस गरेकाले विजय भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी छन् भने युटुल माओवादी केन्द्रकी हुन् । बाँकी खुलातर्फको मतगणना शुरु गरिएको बताउँदै उनले यसको नतिजा राति १२ बजेसम्म आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?