कोरोनाको भ्याक्सिन पत्ता नलागेसम्म नखुल्ने नै हो त लकडाउन ?

काठमाडौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जबसम्म भ्याक्सिन पत्ता लाग्दैन तबसम्म लकडान नखुल्ने एक अध्ययनले देखाएको छ । चीनबाट फैलिएको कोरोना महामारीलाई आधार मानी गरिएको अध्ययनको नतिजा मेडिकल जर्नल द लान्सेटमा प्रकाशित छ । सो रिपोर्ट अनुसार कोरोनाको भ्याक्सिन पत्ता नलागेसम्म विश्वभर भइरहेको लकडाउन पूर्ण खुला गर्न नमिल्ने जनाइएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार चीनले हरेक जोखिम मोल्दै दैनिक जीवनमा परेको असरलाई व्यवस्था गर्दै अपनाएको सावधानी र कडाईको कारण एक शहरबाट अर्को शहरमा समेत कोरोना फैलन नपाएकोले कोरोनालाई खेलाची नगर्न सुझाब समेत दिएका छन् । अर्थतन्त्र धरासायी वा नागरिकको दैनिकीमा परेको कष्टकर अवस्थाको आधारमान्दै लबडाउन खोलिएका अहिलेकोभन्दा भयावह अवस्था हुनसक्नेभन्दै कोरोनाको पूर्ण नियन्त्रण नभएसम्म लकडाउन खोल्न नहुने सो अध्ययनले देखाएको जनाइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको उद्गम मानिएको उहान शहरमा गत साता (८ अप्रिलमा) ७६ दिने लकडाउन खुला गरिएको थियो तर रेल तथा पर्यटकीय क्षेत्रमा भीड जम्मा हुने क्षेत्रमा भने केही कडाई नै गरिएको थियो । तरपनि रोग प्रतिरोधी क्षमता नभएका व्यक्तिहरु कोरोनाको शिकारबन्नसक्ने र उनिहरुले नै फेरी संक्रमण फलाउन सक्ने भन्दै अति सावधानी अपनाउन पनि सो अध्ययनमा भनिएको छ । अनुसन्धानमा संलग्न लेखकमध्ये एक हङकङ विश्वविद्यालयका प्रोफेसर जोसेफ टी उले भनेका छन् , ” व्यापार, कारखाना सञ्चालन, विद्यालय फेरि खुल्दा र सामाजिक गतिविधि बढ्दा कोभिड–१९ को संक्रमण फेरि फैलनेछ र विशेषगरी विदेशबाट रोग आयात हुने जोखिम बढ्नेछ, त्यसैले आन्तरिक सावधानी र बाह्य आवागमनमा भ्याक्सिन पत्ता नलागेसम्म लचक नहुदा राम्रो ।”  प्रभावकारी भ्याक्सिन उपलब्ध नभएसम्म नियमित रुपमा आर्थिक गतिविधि सुचारु गर्ने र उत्पादन कम गर्ने विषयमा सन्तुलन राख्नु नै राम्रो रणनीति हो,’ अध्ययनले भनेको छ ।
सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?