दसैं बिदामा पनि खुल्ने भए बैंक

काठमाडौं, ३ भदौ- दसैंको बिदामा पनि निजी क्षेत्रका बैंकहरूले बैंकिङ सेवा सुचारु गर्ने भएका छन् । फूलपातीदेखि दसैं बिदाका कारण सबै सरकारी र अन्य कार्यालय बन्द रहे पनि सेवाग्राहीको हितलाई ध्यानमा राखेर निजी बैंकहरूले सेवा दिने जनाएका हुन् ।दसैंमा लामो बिदा हुने भएकाले लामो समयसम्म बैंक तथा वित्तीय संस्थाहरू बन्द हुँदा आफ्ना ग्राहकहरूलाई असुविधा हुने भन्दै चाडबाडका बेला पनि बैंकहरूले योभन्दा अघिदेखि नै बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन् । त्यसका लागि राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाका नाममा हालसम्म कुनै निर्देशन जारी गरेका छैनन् ।साथै, दसैंका बिदाको समयमा बैंक तथा वित्तीय संस्थाहरूले कसरी बैंकिङ सेवा दिँदै छन् भन्ने विषयमा पनि राष्ट्र बैंकले विशेष केही गरेको छैन । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘राष्ट्र बैंकले दसैंको बिदामा बैंकहरूले कसरी सेवा दिन्छन् भन्नेबारे विशेष केही गरेको छैन ।’बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकको मागलाई मध्यनजर गर्दै आफ्नै ढंगले बैंकिङ सेवा दिने प्रवक्ता पौडेलले जानकारी दिए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?