१८ फोटोमा हेर्नुहोस लकडाउनको २४ औं दिनको काठमाडौं

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले चैत ११ बाट देशभर लकडाउन गरेको छ । कोरोना भाइरस कोभिड-१९ संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको आज २४ औ दिन पुगेको छ ।

गत चैत ११ गतेबाट हक हप्ताका लागि जारी गरिएको लकडाउन संक्रमणको जोखिम बढेसँगै पटक पटक थपिँदै आएको छ । पछिल्लो समय सरकारले एकै पटक १२ दिन लक डाउनको अवधि बढाएर बैशाख १५ गतेसम्म पु-याएको छ । लक डाउनका कारण उपत्यका सुनसान भएको छ । अत्यावश्यक सवारी र केही पास बाहक सवारी मात्रै सञ्चालनमा आएका छन् ।

सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन गरेको छ । सुरक्षा निकाय, एम्बुलेन्स, दैनिक उपभोग्य सामान ढुवानीका सवारी फाट्टफुट्ट चलेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?