प्रदेश नम्बर ३ बाट राष्ट्रियसभामा वाम गठबन्धनले ६ सिट जित्यो, कांग्रेसले कति ?

काठमाडौं, माघ २४ – बुधबार भएको राष्ट्रियसभा सदस्य चुनाव अन्तर्गत प्रदेश नम्बर ३ बाट वाम गठबन्धनले ६ सिटमा विजयी हासिल गरेको छ । यस्तै कांग्रेसले २ सिट हासिल गरेको छ नतिजाअनुसार ८ सिटमध्ये वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रामबहादुर थापा बादल विजयी भएका छन् यस्तै एमालेका बलराम प्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदया पौडेल शर्मा, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका छन् कांग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?