बुन्डेस लिगा बन्द रंगाशालामा खेलाइने

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलको बाँकी खेलहरु बन्द रंगशालामा खेलाईने पक्का भएको छ ।

कोरोना भाईरसको कारण स्थगित लिग आगामी मे महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ । तर, लिग पुन: सुचारु भए दर्शकबिना प्रतिस्पर्धा हुनेछ ।

जर्मनीको सरकारले आगामी अगष्ट ३१ सम्म समूहमा भेला हुन प्रतिबन्ध गरेसँगै बुन्डेस लिगा बन्द रंगाशालामा संचालन हुने भएको हो । कोरोनाको महामारीलाई मध्ये नजर गर्दै जर्मनी सरकारले अगष्ट ३१ सम्म प्रतिबन्ध थप गरेको हो ।

यस सिजन बुन्डेस लिगामा वायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ । साविक विजेता वायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा ४ अंकले अघि रहेको छ ।

कोरोनाको कारण जर्मनीमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

हालसम्म कोरोनाले जर्मनीमा ३ हजार बढीको ज्यान गईसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?