पुष्प र सृष्टिको ‘ओ बेबी’

काठमाडौं २४ माघ – निशान घिमिरेले निर्देशन गरेको म्युजिक भिडियो ‘ओ बेबी’ सार्वजनिक भएको छ । प्रेम दिवसलाई लक्षित गरी सार्वजनिक गरिएको ‘ओ बेबी’ बोलको गीतमा कुन्दन पाठकको स्वर छ । गीतमा कञ्चन पाठकक र मदन भण्डारीका शब्द छन् भने कञ्चन पाठककै संगीत समेत रहेको छ । अभिनेता पुष्प खड्का र मोडल सृष्टिले गीतको भिडियोमा कम्मर मर्काएका छन् । सुरेन्द्र बस्नेतले गीतमा कोरियोग्राफी गरेका छन् भने गीतका शब्दमा मायाले संसार अडिने भावलाई प्रस्तुत गर्न खोजिएको छ । गीतको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?