गाई काटेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं । हेटौंडा गाई काटेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१३ सिमपानीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरज लामा, ५६ वर्षीय दिल बहादुर थिङ, ५३ वर्षीय सुब्बा सिं वाईवा, २० वर्षीय हरी स्याङतान, ६३ वर्षीय बिर बहादुर थिङ र ५६ वर्षीय चन्द्र बहादुर घिसिङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?