काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको पहिचान सार्वजनिक नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको पहिचान सार्वजनिक नगर्न आग्रह गरेका हुन् ।
विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको भन्दै डा.देवकोटाले बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन र प्रसारण नगर्न आग्रह गरे ।
यो पनि पढ्नुहोस् : नेपालमा कोरोना अपडेट : ११ सय ८२ जना रेड जोनमा, कति पुगे संक्रमित ?
यसअघि लोकपथमा प्रकाशित समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
कोरोना लागेर मृत्यु भएकाको शव कसरी व्यवस्थापन गरिन्छ ?
दर्दनाक अन्तरकथा : बरफ जमाइएको ट्रकहरूमा राखियो कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको शव
कोरोनाबाट बच्न यी ८ कुराहरुको ध्यान दिनुहोस् !
कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले बताएका महत्वपूर्ण कुराहरु :
१. कोरोना भाइरसबाट बच्नको लागि ‘हाइजीन’ बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयोग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।
२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।
३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्क वा सर्जिकल मास्कको प्रयोग गरौँ ।
४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।
५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।
६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।
७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।
८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।
कोरोना भाइरसबाट कसरी बच्ने ?
जोखिम न्यूनीकरण
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।
भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।
विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः
हावाको माध्यमबाट
प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि
भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
यदी तपाई विदेशबाट आउनुभएको छ भने अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुहोस् । यदि कसैलाई कोरोनाका लक्षण देखिएको छ भने तुरुन्त तोकिएको अस्पतालमा उपचारका लागि जानुहोस् । सरकारले लकडाउन गरेको २३ दिन बितेको छ । संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ । त्यसैले सजग बनौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया