शिल गरिएको क्षेत्रमा अबिलम्व खाद्यान्न आपुर्ती र र्‍यापिड टेष्ट गर्न सांसद यादवको माग

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादवले जीवन रक्षाका लागि खाद्यान्न आपुर्ती र रेपिड टेस्टको माग गरेका छन् । बुधवार प्रेस विज्ञप्ती जारि गर्दै सांसद यादवले वीरगन्जको छप्कैयास्थित मस्जिदसंगै रहेको यतिमखानामा बसेका ३ जना भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि स्वभाविक रुपमा मानिसहरुमा भय ब्याप्त छ ।

भने प्रहरी र प्रशासनले आवश्यक कडाई अख्तियार गरेको अवस्था छ । त्यससँगै छप्कैया क्षेत्र यतिखेर शिल गरिएको कारण त्यहाँ आवतजावत बन्द छ भने आवश्यक बस्तुको पसलहरु बन्द गरिएका भएकाले सवधानीको दृष्टीकोणले प्रसाशनको यो कदम आवश्यक पनि रहेको तर, यसबाट केही मानवीय संकटहरु समेत सिर्जना भएकोतिर सम्बन्धीत सबैको ध्यानाकर्षण गराएका छन् ।

आफ्नो विज्ञप्तीमा सांसद यादवले उक्त क्षेत्र शिल भएपछि अत्यावश्यक बस्तुको अभाव त्यहाँ सिर्जना भई हजारौं मानिसहरु भोकमरीको मुखमा पुगेका छन् । इन्धन, खाद्यान्न र जीवन धान्ने अन्य अत्यावश्यक बस्तुको अभावले मानिसहरुको जीवन गम्भीर रुपमा कठिन भएको बताउदै सम्बन्धित क्षेत्र शिल गरेपछि त्यहाँ अत्यावश्यक बस्तुको आपुर्ती सरकारी स्तरबाट गरिने गरेको उद्हारण छिमेकी मित्र राष्ट्र भारत र अन्य मुलुकहरुमा अहिले देखिएको जस्तै प्रबन्ध अबिलम्ब मिलाई मानिसहरुलाई उनीहरुको जीवन रक्षाका लागि अत्यावश्यक बस्तुको आपुर्तीको यथासिघ्र ब्यवस्था मिलाउन गृह मन्त्रालयसँग माग गरेका छन् ।

सांसद यादवले सो छपकैया क्षेत्र शिल भएको एरियामा हजारौं जनता भोकले आजित भएका र भोकै पेटले बिद्रोह निम्त्याउछ भने स्थापित सत्य रहेको बताएका छन् ।

अहिलेकै अवस्था कायम रहे यहाँ मानिसहरुले संक्रमण नियन्त्रणको लागि दिँदै आएको सहयोगको निरन्तर कठिन हुने भनि प्रतिक्रिया प्राप्त भएको जनाएका छन् । साथै शिल गरिएको क्षेत्रका घरघरमा ‘रेपिड टेस्ट’ गरेर अवस्थालाई सहज र जोखिम न्यूनिकरण गर्न र सो कारण त्यतातिर पनि अबिलम्ब कदम बढाउन माग गरेका छन् । साथै सो क्षेत्रका जनताले सरकारबाट लकडाउनमा गरिएका निर्देशन पालना गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग, समन्वय र संयम कायम राख्न समेत सांसद यादवले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?