प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण

जनकपुरधाम, २४ माघ – प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएका सदस्यहरुलाई यहाँ आज प्रमाणपत्र वितरण गरियो प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित हुनुभएको छ त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित हुनुभएको छ उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै कानून र संविधानलाई न्यायपूर्ण बनाउनुपर्ने धारणा राख्नुभयो अब संघर्षको साटो समाधानको बाटो रोज्नुपर्नेमा उहाँले जोड दिनुभयो निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्य देवले जिम्मेवारीलाई सुविधाका रूपमा नलिई सेवाका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो संस्कृति मन्त्रीसमेत रहनुभएका उहाँले संघीयताका माध्यमले विद्यमान गरिबी, पछौटेपनलाई हटाई देशको मुहार फेर्न अग्रसर हुनु जरूरी भएको बताउनुभयो । सभापतिको आशनबाट धनुषा जिल्लाका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले प्रदेश नं २ का जनप्रतिनिधिसामु गहन जिम्मेवारी भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?