काठमाडौं । कोभिड –१९ रोकथाम कार्यमा संलग्न स्वास्थ्यकर्मीका लागि आज नेकपा रसुवाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेकपा रसुवाका तर्फबाट पञ्जा दुई हजार एवं सर्जिकल मास्क नौ हजार जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको उक्त दलका जिल्ला अध्यक्ष कर्नेल तामाङले बताए ।
जिल्ला पार्टी कमिटीको निर्णयबमोजिम रसुवालीको स्वास्थोपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि प्रदान गरिएको ती सामग्री रसुवाका प्रजिअ अर्जुन भण्डारीलाई हस्तान्तरण गरिएको नेकपाले जनाएको छ । यसै गरी तत्कालीन संविधानसभा सदस्य जनार्दन ढकालले आफ्नो निजी खर्चबाट स्वास्थ्य एवं राहत सामग्री हस्तान्तरण गरे ।
प्रजिअ अर्जुन भण्डारीका अनुसार ढकालद्वारा पिपिई १५ थान, हेण्ड सेनिटाइजर १६९ सिसी र चामल चार सय बोरा सहयोग प्राप्त भएको छ । नेकपा र नेता ढकालबाट प्राप्त सामग्रीबाट वर्तमान संकट समाधानमा ठूलो सहयोग पुग्ने प्रजिअ भण्डारीले बताए ।
स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय र खाद्यान्न गाउँपालिकामार्फत वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया