२०७४, २४ माघ बुधबार १५:१४

खो–खो कभर्डहलको शिलान्यास


प्रकाशित मिति : २०७४, २४ माघ बुधबार १५:१४

काठमाडौं, २४ माघ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार खो खो कभर्डहलको शिलान्यास गरेका छन् बर्दियाको ठाकुरबाबा नगरपालिका– २ स्थित रानीपुरमा रहेको ५ कट्ठा जग्गा हातामा बन्न लागेको कभर्डहलको शिलान्यास गरिएको हो निर्माण सम्पन्न गर्न करिब १ कराडे खर्च लाग्ने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । बर्दियामा मात्र खो खोका ७ राष्ट्रिय खेलाडी छन् शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बर्दियामा ७ खेलको प्रतियोगिता सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस