धर्म शास्त्रले महिलालाई कुन काम नगर्न भनेको छ ?

एजेन्सी । धर्म शास्त्रले स्त्री र पुरुषका लागि विभिन्न नियम बनाएको छ । शास्त्रले कतिपय कुरा महिलाले गर्न नहुने भनेको छ । यस्ता काम पुरुषले मात्र गर्नु पर्ने शास्त्रको भनाइ छ शास्त्रले महिलालाई कुन काम नगर्न भनेको छ :-नरिवल फुटाउनुः-धार्मिक मान्यता अनुसार महिलाले नरिवल फुटाउनु शुभ मानिँदैन । यसका लागि पुरुषले मात्र नरिवल फुटाउनु पर्ने शास्त्रको भनाइ छ । मन्दिरमा नरिवल फुटाउँदा महिला नभएर पुरुषले मात्र फुटाउने गरिन्छ जनै लगाउने :-महिलालाई जनै लगाउन नहुने शास्त्रको भनाइ छ । यज्ञोपवित पनि भनिने जनै पुरुषले मात्र धारण गर्न सक्छन् बलि चडाउनेःदेवी देवतालाई बलि चडाउने काम पनि महिलाले गर्दैनन् । धार्मिक मान्यता अनुसार पुरुषले मात्र बलि चढाउनु पर्छ ॐ मन्त्रः-धर्म शास्त्र अनुसार महिलाले ॐ भनिने मन्त्र जप्नु शुभ मानिँदैन । ॐ मन्त्र बोल्दा नाभी क्षेत्रमा दबाव पैदा हुने र यस्तो दबाव राम्रो नमानिने हुँदा महिलाले ॐ मन्त्र नजप्ने धार्मिक मान्यता छ हनुमानको पुजा र स्पर्सः-हनुमानलाई ब्रम्हचारी मानिन्छ । यसकारण हनुमानको पुजा महिलाले गर्छन् तर हनुमानको मुर्ती स्त्रीले छुनु राम्रो मानिदैन गायत्री मन्त्रः-महिलाले गायत्री मन्त्र पनि जप्नु हुँदैन । शास्त्रका अनुसार गायत्री मन्त्र महिलाले जप्नु अशुभ हुन्छ । पछिल्लो समय महिलाले पनि गायत्री मन्त्र जप्न थालेका छन् फर्सी काट्नुः-धार्मिक मान्यता अनुसार फर्सी महिलाले काट्नु हुँदैन । पुरुषले मात्र फर्सी काट्नु पर्ने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?