नेयमार बार्सिलोना फर्कन्छन् : जाभी

काठमाडौं । बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना फर्कनेमा आफु विश्वस्त रहेको बताएका छन् । डीजे मारियोसँगको अन्तर्वार्तामा अल सादका मुख्य प्रशिक्षक जाभीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार क्याम्प नाउ फर्कने बताएका हुन् ।

नेयमार बार्सिलोना फर्कन्छन भन्ने प्रश्नमा जाभीले भने, मलाई कुनै शंका छैन । उसँग म बन्द रुममा बसेको छु । उसले मलाई महान ठान्छन् । बार्सिलोनामा उनी व्यावसायिक थिए र उसले धेरै फरक बनाउथे ।

२८ वर्षे नेयमार सन् २०१८ मा बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी गएका थिए । तर, पछिल्लो समय उनी बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । जाभीले बार्सिलोनामा नेयमारसँग सँगै खेलेका थिए । पछिल्लो समय जाभी पनि प्रशिक्षकको रुपमा बार्सिलोना फर्कने चर्चा चलेको छ । जाभीले पनि आफु क्लब फर्कन चाहिरहेको बताएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?