११ चैत्र २०७९, शनिवार

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा

२०७४,आश्विन,३,मंगलवार ०१:५८

9
Shares

काठमाडौँ, ३ असोज – म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ, नयाँ पत्रिकामा खबर छ ।कम्पनीबाट २३ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको फ्रुटी तथा कच्चा पदार्थ बरामद भएकाले सोहीअनुसारको बिगो बनाई रायसहित सरकारी वकिल कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए ।कम्पनीका मुख्य सञ्चालक मालचन दुगडसहितलाई ठगी र कालोबजारी ऐनअनुसार मुद्दा चलाउन प्रहरीले रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद गरेको थियो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी कम्पनीले कुहिएका आ“पको गुदीबाट फ्रुटी बनाउँदै आएको भेटिएको थियो ।प्रहरीले कम्पनीका सञ्चालक मालचनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धाविरुद्ध समेत अभियोग अगाडि बढाएको छ । उनीहरू चारैजना फरार छन् । मालचन र सुरेन्द्रा कम्पनी सञ्चालक छन् भने छोरा र छोरीको नाममा पनि कम्पनीको सेयर भएकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए ।कम्पनीका चारजना कर्मचारी भने प्रहरी हिरासतमै छन् । फ्याक्ट्री मेनेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी मेनेजर शिवराज पोखरेल यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०१:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११