राष्ट्रिय सभा निर्वाचनः सकियो प्रदेश ३, ४ र ५ मा मतदान

काठमाडौ, २४ माघ । आज भएको राष्ट्रिय सभा सदस्यको लागि प्रदेश ३, ४ र ५ को मतदान सकिएको छ । प्रदेश ३ मा ३४८ मतदाता र १४ उम्मेदवार छन् । बिहान १० बजेदेखि ललितपुरको जाउलाखेलमा रहेको भलिबल मैदानमा भएको मतदान दिउँसो  १ बजे सकिएको छ प्रदेश ४ को मतदान समेत सकिएको छ । पोखरामा भएको प्रदेश ४ को निर्वाचनमा २३० मध्ये २२९ जनाले मतदान गरेका छन् । यो प्रदेशमा १० जना उम्मेदवार छन् । अदालतबाट पाँच वर्षको सजाय पाई फरार रहेका प्रदेश सभा सदस्य दीपक मनाङ्गे भने मतदान गर्न आएनन् त्यस्तै, ५ नं. प्रदेशमा ३०३ मत खसेको छ । ३०५ मत मध्ये प्रदेश सभाको १ र स्थानीय तहको १ गरी दुई मत नखसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश ५ मा प्रदेश सभातर्फ ८७ र स्थानीय तहमा २१८ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?