काठमाडौँ, २४ माघ- प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचनको मतदान जारी छ । ललितपुरको जावलाखेलस्थित भलिबल मैदानमा प्रदेश नम्बर ३ को राष्ट्रिय सभा निर्वाचनको मतदान भईरहेको हो । ३ सय ४८ जना मतदाता रहेको यो प्रदेशमा पनि विहान १० बजेबाट मतदन सुरु भएको हो प्रदेश नम्बर ३ मा राष्ट्रिय सभाको निर्वाचनमा १४ जना उम्मेदवार रहेका छन । मतदान अपरान्ह ३ बजे सम्पन्न हुनेछ यसैबीच, मतदानमा सहभागी भएका मतदाताहरुले राष्ट्रिय सभाको निर्वाचनसँगै मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरेका छन् उनीहरुले अव सिंगो मुलुकको ध्यान आर्थिक विकासमा केन्द्रित हुने पनि स्पष्ट पारे । मतदानमा सहभागी हुनु भएका काठमाडांै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीको घोषणा पत्रमा गरिएको प्रतिवद्धता अनुसार काम अघि बढने विश्वास व्यक्त गरे एमालेआवद्ध उनले राष्ट्रिय सभामा निर्वाचित सांसदहरुले पनि संविधान अनुसार कानुन बनाएर मुलुकलाई अघि बढाउने दायित्व रहेको बताए त्यसैगरी गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै मुलुक आर्थिक विकासमा केन्द्रित हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया