पूर्व प्रहरीमहानिरीक्षक अर्यालले अख्तियारबाट पाए सफाइ

काठमाडौं, २४ माघ । भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा गरिएको अनसन्धानमा पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सफाइ पाएका छन् अख्तियारले गरिरहेको छानविनमा आरोप पुष्टि गर्ने कुनै आधार नभेटिएको भन्दै सफाई दिएको हो । आयोगले उनीमाथिको आरोपको छानविन तत्काललाई स्थगित गरेको छ अकुत सम्पत्ति कमाएको भन्दै परेको उजुरीमाथिको छानविनमा अर्यालमाथि अख्तियारले गत कात्तिकमा चार पटकसम्म वयान लिएको थियो यद्यपि छानविनका क्रममा उनले अकुत सम्पत्ति कमाएको कुनै प्रमाण नभेटिएको बताइएको छ । थप प्रमाण भेटिएमा भने उनीमाथि पुनः अनसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?