काठमाडौं,२४ माघ । प्रदेश ४ मा दिउँसो ३ बजेपछि राष्ट्रिय सभाको मतगणना हुने भएको छ राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा मतदान सकिएपछि तीन बजेपछि मतगणना गर्न लागिएको हो । राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गरिसकेका छन् प्रदेश ४ मा एक जनाको भने मत खसेन । मनाङबाट प्रदेशसभामा निर्वाचित दिपक मनाङे भनिने राजीव गुरुङ मतदानमा अनुपस्थित भएका हुन् प्रदेश सभामा निर्वाचित भएपनि उनीमाथि कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गर्दैै ५ वर्ष जेल सजाय सुनाएपछि सांसदको रुपमा शपथ नै लिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया