यसरी मिल्यो माओवादीको विवाद, शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने ! 

काठमाडौं, २४ माघ । प्रदेश ६ मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित भएको छ । पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन सबै नेताहरु सहमत भएको बताइएको छ प्रदेश ६ को मुख्यमन्त्रीका लागि नरेश भण्डारी समेत मुख्य दाबेदार थिए । नेताहरु समेत नरेश भण्डारी र महेन्द्रबहादुर शाहीको पक्षमा विभाजित बनेपछि सहमति जुट्न सकेको थिएन विवादकाबीच सो प्रदेशबाट केन्द्रीय राजनीतिमा चर्चित नेताहरु पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा, शक्ति बस्नेत र प्रदेश संयोजक मायाप्रसाद शर्मा सुर्खेत पुगेर सहमति जुटाएका हुन् । शाही मुख्यमन्त्री बन्ने निश्चित भएपनि यसको घोषणा बिहीबारमात्रै गरिने बताइएको छ माओवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको छ । प्रदेश ७ मा यस अघि नै डोटीका त्रिलोचन भट्टलाई सर्बसम्मत चयन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?