काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले १३ प्रहरी उपरीक्षकको प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका प्रहरी उपरीक्षकको नामावली :
- विदुर खड्का
- भेष बहादुर साह
- प्रदीप कुमार पाललक्ष्मण
- बहादुर सिंह
- शान्ति कुमार कार्की
- कृष्णराज पाठक
- जयबहादुर खड्का
- नेत्र कुमार खत्री
- प्रकाश श्रेष्ठ
- बेनु प्रसाद पाठक
- श्याम कोइराला
- सुदेश कुमार गुरुङ
- रमेश कुमार सुवेदी
बढुवा सिफारिस चित्त नबुझ्ने एसपीले नियमवालीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र उजुरी समेत हाल्न सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया