१४ जेष्ठ २०८०, आईतवार

‘अब समयमै वृद्ध भत्ता पाउँछौं होला’

२०७४,आश्विन,३,मंगलवार ०१:१२

0
Shares

सप्तरी, ३ असोज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी ८५ वर्षीया गंगादेवी झा सोमबार बिहान ७ बजे घरनजिकैको जनता माविको केन्द्रमा मतदान गर्न लाम लागिन् ।राजतन्त्र, प्रजातन्त्र र संघीय गणतन्त्रको निर्वाचनमा मतदान गरेको अनुभव सँगालेकी उनी स्थानीय तहमा भने २० वर्षपछि मतदान गर्दै थिइन् । अस्वस्थताका कारण उनलाई सुरुमै मतदान गर्ने सुविधा दिइयो । मत खसालेर निस्केपछि उनले भनिन्, ‘सायद अब समयमै घरघरमै वृद्ध भत्ता पाउँछु होला ।’गाविस सचिव नभेटिने, भेटे पनि समयमा भत्ता नदिने, जिविसबाट सामाजिक सुरक्षा भत्ता उठाएर सचिव फरार हुनेजस्ता पीडा खेपेका ज्येष्ठ नागरिक स्थानीय तहको निर्वाचनपछि आशावादी देखिए । सोही मतदान केन्द्रमा लाइन बसेर मतदान गरेकी वृद्धा गुलाव देखी पनि मतदानपछि खुसी देखिइन् । ‘गाउँमै अब सरकारी काम हुने भयो,’ उनले भनिन्, ‘गाउँकै मानिसलाई चुन्न पाउँदा हर्षित छु ।’ कान्तिपुरमा खबर छ |

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपाले मधेस प्रदेशमा वन तथा वातावरण मन्त्रालयको

काठमाडौं । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्रीलाई प्रदेश प्रमुख

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मधेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने भएसँगै

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९