काठमाडौं, २४ माघ । राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट निर्विरोध निर्वाचित सांसदहरुलाई आज निर्वाचन आयोगले प्रमाणपत्र वितरण गर्ने भएको छ राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन भइरहेको छ । तर प्रदेश २ मा सबै सांसदहरु निर्विरोध निर्वाचित भएका छन् । देशका ७ वटा प्रदेशबाट निर्वाचित हुने ५६ जनामध्ये २४ जना निर्विरोध निर्वाचित भएका थिए यसरी निर्विरोध निर्वाचित हुनेमध्ये ८ जना प्रदेश २ का रहेका छन् । उनीहरुलाई निर्वाचन आयोगले केही दिनअघि निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश निर्वाचन कार्यालयले आज विजयीको प्रमाणपत्र वितरण गर्न लागेको हो । दिउँसो ३ बजे प्रमाणपत्र वितरणको कार्यक्रम राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया