काठमाडौं । लकडाउनबाट समस्यामा परेका मानिसहरुलाई राहत पुर्याउने उदेश्यले काठमाडौंको कीर्तिपुरमा नि:शुल्क खाना केन्द्र स्थापना गरिएको छ । कीर्तिपुर नगरपालिका नगाउस्थित लोकतान्त्रिक चोकमा स्थापना गरिएको खाना केन्द्रबाट लकडाउनबाट समस्यामा परेका विध्यार्थी, मजदुर तथा समस्यामा परेका मानिसहरुलाई राहत पुगेको छ ।

कीर्तिपुरका युवा समाजसेवी तथा व्यापारीहरु कृष्ण श्रेष्ठ, रबिन्द्र महर्जन,विनोद श्रेष्ठ सकेश महर्जन, संगम महर्जन,शिव श्रेष्ठ नैन तामाङ आदिले खाना केन्द्रको स्थापना गरेका हुन ।
गत चैत २३ बाट सुरु भएको उक्त खाना केन्द्र स्थापना गरिएको र लकडाउन नखुलेसम्म जारि रहनेकाठमाडौ हिमालयनDistrict 325,A2 सल्लाहकार तथा युवा समाजसेवी शरद शर्माले जानकारी दिएका छन् ।

लकडाउनबाट समस्यामा परेका सात सय पचास बढिले उक्त खाना केन्द्रमा खाना खाईरहेको समाजसेवी शर्माले बताए ।
शुरुमा कीतिपुरका व्यापारी तथा समाजसेवीहरुले व्यक्तित पहलमा आर्थिक सहयोग जम्मा गरि उक्त केन्द्रको स्थापना गरेका हुन् । भने पछि उक्त केन्द्रमा सहयोगी हातहरु थपिँदै गएका छन् ।

“सबै कुरा साथीहरुले व्यवस्थित गर्नु भएको छ, बिहानको खाना ९ बजे बाट ११ बजे सम्म हुन्छ भने साँझको खाना ५ बजे बाट ७ बजे सम्म हुन्छ ।” शर्माले भने ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण यतिबेला सरकारले लकडाउन गरेको छ । जसका कारण देशका विभिन्न ठाँउमा अलपत्र परेका छन् । उक्त क्षेत्रमा अलपत्र परेका अन्य नागरिकहरुलाइ पनि खानाको लागि अनुरोध गरिएको र सरकारले जारी गरेको रणनीतिको पालना गर्दै ब्यवस्थापन गरिएको युवा व्यावसायी राजु केसिले बताए । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लम्बाउने लकडाउनको अवधिसम्म उक्त खाना केन्द्र सञ्चालनमा हुने आयोजकको भनाइ रहेको छ ।

सहयोगका लागि विभिन्न क्षेत्रका मानिसहरु उक्त खाना केन्द्रका लागि थपिदैँ गइरहेका छन् । शनिवार मात्र काठमाडौं हिमालयन District 325,A2 को तर्फबाट व्यवस्थापनमा राजेश विष्ट,भरत नेपाल, पुजा नेपाल, भरत सापकोटा,राजेश विष्ट,भरत नेपाल पुजा नेपाल, सविन केसी, प्रतीक शर्मा, लेख शाक्य,नर्मदा खनाल सहभागिता रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया