काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यले पदबाट राजीनामा दिएका छन् । क्लबका उपाध्यक्षद्वय इनरिके तोम्वास र इमिली रोउसान्डसहित ६ बोर्ड सदस्यले राजीनामा दिएका हुन् ।
उनीहरुले क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएको बीबीसीले जनाएको छ । राजीनामा दिनेमा दुई उपाध्यक्ष र अन्य डिरेक्टर रहेका छन् । डिरेक्टरमा मारिया टेक्सीडोर, सिल्भियो इलियस, जोसेप पन्ट र जोर्डी क्लासमिगलिया रहेका छन् ।
राजीनामा पत्रमा उनीहरुले कोरोना भाईरसको कारण क्लबमा पर्न सक्ने संकट र त्यसले निम्त्याउने समस्या बारेमा चिन्ता व्यक्त गरेका छन् । यस्तै उनीहरुले अध्यक्षका लागि नयाँ निर्वाचनको समेत माग गरेका छन् । जोसेप सन् २०१४ बाट बार्सिलोनाका अध्यक्ष रहेका छन् ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया