ललितपुर र भक्तपुरमा सवारी दुर्घटनाः दुईको मृत्यु

काठमाडौं, २४ माघ । ललितपुर र भक्तपुरमा भएको दुई छुट्टा–छुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ललितपुरमा मंगलबार राति र भक्तपुरमा आज बिहान दुर्घटना भएको हो भक्तपुरको मध्यपुर ठिमी न. पा. ४, चारदोबाटोस्थित सडकखण्डमा बुधबार बिहान मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार, बा २ क ८००६ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते १ जनाको जिल्ला अस्पताल, भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको अझै सनाखत हुन सकेको छैन प्रहरीले दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ त्यसैगरी, मंगलबार ललितपुरको सातदोबाटोमा पनि सवारी साधनको ठक्करले एकजनाको ज्यान गएको छ प्रहरीका अनुसार, ठक्करबाट सप्तरी, फत्तेपुर स्थायी घर भएका ३५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो महानगरिय प्रहरी वृत्त सातदोबाटोका अनुसार, ठक्कर दिने सवारीको नं. खुलेको छैन भने फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?