लकडाउनमा यस्तो छ यी बलिउड अभिनेत्रीको दिनचर्या

काठमाडौं । कोरोनाको संकटको कारण भारतमा देशभर लकडाउन घोषित भएको छ । यो अवस्थामा फिल्म क्षेत्रको सबै कामकाज ठप्प छन् ।

लकडाउनमा बलिउड सेलिब्रेटी आ–आफ्नो घरमा बसेर परिवार र बच्चाकासाथ समय बिताईरहेका छन् । उनीहरुले परिवार र बच्चाको साथ आफुले बिताएको दिनचर्याको तस्बिर लगातार सामाजिक संजाल मार्फत सार्वजनिक गर्ने गरेका छन् ।

हालै बलिउड अभिनेत्री नेहा धुपिया, सन्नी लियोनी र शिल्पा शेट्टीको केही तस्बिर बाहिर आएको छ । जुन तस्बिरमा उनीहरु बच्चालाई पढाइरहेको देख्न सकिन्छ ।

अभिनेत्री नेहा धुपिया र उनका श्रीमान् अंगद बेदी अहिले डेढ बर्षको छोरीसँग समय बिताइरहेका छन् । यो लकडाउनको समय उनीहरु बच्चासँग त्यस्तो दिनचर्या गरिरहेका छन् । जुन स्कुल खुलेपछि हुने गर्दछ ।

‘म आफ्नो छोरीसँग समय बिताइरहेकी छु’ नेहाले भनिन् ‘ उनलाई पढाईरहेकी छु । उनलाई स्कुलका लागि तयार गर्दैछु ।’

अभिनेत्री सन्नी लियोनी पनि लकडाउनको पुरै समय आफ्ना तीन बच्चाहरुसँग समय बिताइरहेकी छन् ।
‘पुरै ध्यानका साथ बच्चाहरुलाई अहिले पढाइरहेकी छु’ सन्नीले भनिन् ‘बच्चा पढाउन मुस्किल काम रहेन छ ।’ आफुले अध्यायन गराउदा बच्चाले पनि राम्रो अध्यायन गर्ने उनले खुलाएकी छन् ।

अभिनेत्री शिल्पा शेट्टीले पनि छोरा वियानका साथ समय बिताएको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गरिरहेकी छन् । तस्बिरमा उनी छोराका साथ ब्यायाम गरेको, खाना खाएको र नयाँनयाँ कौसल सिकेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?