शेर्पा–नेवई कृषि सडक निर्माण तीव्र

तेह्रथुम, २४ माघ – तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ स्थित शेर्मा–नेवई साढे पाँच किमी कृषि सडक खण्डको काम तीव्रगतिमा भइरहेको छ । गाउँमा उत्पादन भएको अदुवालगायत कृषिजन्य उत्पादनलाई निकासीका लागि सहज बनाउन सडक स्तरोन्नतिको काम शुरु भएको हो उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सडक स्तरोन्नतिको काम थालेपछि स्थानीयवासी हर्षित बनेका छन् । सडक निर्माण शुरु भएपछि गाउँवासी हर्षित भएको नेवईको ओयाक्जुङ उन्नत अदुवा कृषक समूहका अध्यक्ष दुर्गाप्रसाद गिरीले बताए साढे पाँच किमी सडक निर्माणका लागि रु तीन करोड ३३ लाखको टेण्डर लागेको छ । अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी काम भएको छ । सडक बनेपछि ओयाक्जुङ र पौठाकका बासिन्दालाई लाभ मिल्नेछ यसअघि गाविसको बजेटबाट ट्र्याक ओपन भएको सडक स्तरोन्नतिका लागि उन्नति परियोजनाले सहयोग गरेको गाउँवासी खुशी भएको स्थानीयवासीसमेत रहेका फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?