सबैलाई चकित बनाउँदै छुटे नक्कली डाक्टर

उदयपुर, २४ माघ – पीडितलाई उपचार गर्ने सर्तमा आयुर्वेदिक क्लिनिक सञ्चालक र चिकित्सकलाई प्रहरीले मंगलबार छाडेको छ त्रियुगा नगरपालिका ३, मोतिगढामा आयुष आयुर्वेदिक क्लिनिक सञ्चालन गरेका बाबुराम कार्की र चिकित्सक सुजित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो । दुवैलाई २४ घण्टा नबित्दै ‘पीडितलाई औषधि उपचार गर्ने’ सर्तमा छाडिएको हो रौतामाई गाउँपालिका मुर्कुचीकी सीता कटुवाललाई ठगी गरेको आरोपमा कार्की र यादवलाई प्रहरीले पक्राउ गरेको थियो । ‘अवैध रुपमा क्लिनिक सञ्चालन गर्ने कार्की र यादवलाई पक्राउ गरिएको हो,’ प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘पीडितको उजुरीका आधारमा पक्राउ परेका हुन् ।’कार्कीले क्लिनिक सञ्चालन गरी फिस्टुला, पायल्स, हाइड्रोसिल र ग्यास्टिकको ग्यारेन्टीका साथ उपचार गरिने प्रचार गरेका थिए । स्थानीय रेडियो र पत्रिकामा विज्ञापन गरी कार्कीले उपचारका लागि ठगी गरिहेको सर्वसाधारले गुनासो गरेका थिए । तर ठगीको आरोपमा पक्राउ परेका उनीहरूलाई पीडितको उपचार गरी ठीक पार्ने सर्तमा छाडिएकामा सर्वसाधारणले आश्चर्य मानेका छन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?