इटहरी ‘वलात्कार’ प्रकरणमा एसपी र इन्स्पेक्टरमाथि यस्तो तनाव

काठमाडौँ, २४ माघ- गृह मन्त्रालयले इटहरीमा भएको सामूहिक बलात्कार घटना प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराएको प्रकरणमा एसपी विद्यानन्द माझी र इन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गर्ने भएको छ । गृह सचिव मोहनकृष्ण सापकोटाले दुवै जनालाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयबाट सिफारिस आइसकेको उल्लेख गर्दै तत्काल निर्णय हुने जानकारी दिए । ‘सिफारिस आइसकेको छ, निलम्बनको प्रक्रिया निर्णयका क्रममा छ,’ उनले भने सुनसरीको इटहरी–२० मा बस्दै आएकी १४ वर्षीया किशोरीमाथि गत पुस १६ गते वडा नम्बर २ हलगढास्थित रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको थियो । १० कक्षाकी छात्रा उनलाई उनकै प्रेमी भनिएका जोकम लिम्बू र मनीष श्रेष्ठले बलात्कार गरेका थिए उक्त घटना गुपचुप मिलापत्र गराएको प्रकरणमा प्रहरीद्वारा गठित छानबिन समितिले जिप्रका सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिन दायरामा राखेको थियो त्यतिबेला इलाका प्रहरी कार्यालयको इन्चार्ज रहेका इन्स्पेक्टर चिरञ्जीवी दाहालले पनि घटना सामसुम पार्न भूमिका खेलेका थिए । मिलापत्रको कागजपत्र लुकाउन र अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै गत सोमबार मात्रै दाहाललाई प्रदेश १ को प्रहरी कार्यालय विराटनगर तानिएको थियो यसअघि राजधानीको दरबारमार्गमा भएको अर्को सामूहिक बलात्कार घटना आर्थिक लेनदेनका आधारमा मिलापत्र गराएको भन्दै गृह मन्त्रालयले सोमबार मात्रै महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्स्पेक्टर लक्ष्मण ठकुरीलाई निलम्बन गरिसकेको छ, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?