माओवादीले रौतहटमा दोहार्यायो भरतपुर काण्डः बुथ कब्जा गर्न खोज्दा गोली चल्यो

रौतहट, २ असोज ।प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा नेकपा माओवादी केन्द्रले बुथ कब्जा गर्ने प्रयास गरेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृह जिल्ला रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान केन्द्रमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा एमाले, कांग्रेस, समाजवादी फोरमलगायत दलले प्रतिकार गरेपछि झडप समेत भएको छ । झडपका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो । झडप रोक्न एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।मतदान भइरहेको बेला अचानक माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ । झडपमा दुवै तर्फका ४ जना भन्दा बढी घाइते भएका छन् ।सुरक्षाकर्मीले स्थिती नियन्त्रणमा लिए पछि पुन मतदान शुरु भएको थियो । मोरंग अनलाईन डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?