सालनालसहितको नवजात शिशु मृत भेटिए

पोखरा । पोखरा महानगरपालिका ५ मालेपाटनमा सालनालसहितको मृत शिशु भेटिएको छ ।

मालेपाटन गोल चौतारस्थित पानीको नहरमा मास पुगेको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजे शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?