पूर्वमन्त्री तामाङद्वारा क्षेत्रीय क्वारेन्टाइनलाई स्वास्थ्य सामाग्री प्रदान

सिन्धुपाल्चोक । पूर्व कानुनमन्त्री एवम सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सासंद शेरबहादुर तामाङले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

सांसद तामाङले कोरोना भाइरसका संक्रमित बिरामीहरुलाई सुरक्षितसँग राख्नका लागि सिन्धुपाल्चोकमा स्थापना गरिएको क्षेत्रीय क्वारेन्टाइनका लागि स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

कोरोना आशंकाका विरामीहरुलाई राख्नका लागि सिन्धुपाल्चोकमा ३ क्षेत्रमा क्षेत्रीय क्वारेन्टाइन स्थापना गरिएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ मा रहेको ग्रामीण महिला सिर्जनशील परिवारको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा पुगेर पुर्व मन्त्री तामाङले त्यहाँ बस्ने विरामी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पीपीइ सेट, मास्क, ग्लोबस र सेनिटाइजर प्रदान गरेका थिए ।

तामाङले क्षेत्रीय क्वारेन्टाइन सञ्चालक समितिका संयोजक एवम बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

त्यस्तै चौतारामा रहेको अर्को क्वारेन्टाइनका लागि विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए । चौताराको क्वारेन्टाइनका लागि पनि अन्य क्वारेन्टाइनमा प्रदान गरे झै स्वास्थ्य सामग्री पूर्वमन्त्री तामाङले हस्तान्तरण गरेका थिए ।

त्यस्तै मेलम्चीमा रहेको अर्को क्षेत्रीय क्वारेन्टाइन सेन्टरका लागि उक्त क्वारेन्टाइन सञ्चालक समितिका मूल संयोजक एवम मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?