नेयमारको तलब ५० प्रतिशत कटौती, यस्तो छ कारण

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमार सहित लिग वानमा ठुलो तलब लिने खेलाडीको तलबमा भारी कटौती हुने भएको छ ।

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणबाट उत्पन्न आर्थिक संकटबाट बच्न फ्रेन्च फुटबलले खेलाडीको तलबमा भारी कटौती गर्न लागेको हो ।

भाईरसले विश्वभरको खेलकुदलाई संकटमा पारेका छ । विश्वभरका फुटबल अनिश्चित समयका लागि स्थगित भएको छ ।

टेलिभिजन अधिकारबाट प्राप्त हुने रकम यस महिना क्लबले नपाउने भएपछि फ्रान्सका अधिकांश क्लबमा वित्तिय संकट देखिने भएको छ । कोरोनाको प्रभावका कारण फ्रान्सेली फुटबलमा आर्थिक संकट देखिएपछि मुख्य प्रयोजकले समेत लिग वान क्लबसंग सम्झौता रद्ध गर्ने निर्णय गरेको छ ।

फ्रेन्च फुटबलले व्यवसायीक फुटबल खेलाडीको युनियन र अर्थ तथा बाणिज्य मन्त्रालयसंग छलफल गरेर व्यवसायीक क्लब र तीनका खेलाडीको तलबमा कटौती गर्ने निर्णय लिएको हो ।

रिपोर्ट अनुसार मासिक १० देखि २० हजार युरो तलब बुझ्ने खेलाडीको २० प्रतिशत तलब कटौती हुनेछ । यस्तै, २० देखि ५० हजार युरो तलब लिने खेलाडीको ३० प्रतिशत र ५० देखि १ लाख युरो तलब लिने खेलाडीको ४० प्रतिशत रकम कटौती हुनेछ । यस्तै, १ लाख युरो भन्दा बढी तलब बुझ्ने खेलाडीको ५० प्रतिशत रकम कटौती सहने बताईएको छ ।

सोही अनुसार १ लाख युरो भन्दा बढी तलब लिने नेयमार सहितका ठुला खेलाडीको तलब ५० प्रतिशतले कटौती गर्ने निर्णय फ्रेन्च फुटबलले गरेको हो ।

खेलाडीको अप्रिल महिनाको तलबको केही हिस्सा क्लबबाट पाउने बिषयमा छलफल भएको छ । खेलाडी युनियनको अध्यक्ष फिलिप पीटले भनेका छन्, तत्कालको स्वास्थ्य अवस्थाका कारण अस्थायी प्रयास गरिएको छ ।

खेलाडीको तलब कटौती उनीहरुले गर्ने आम्दानीमा निर्भर रहने फ्रान्सेली फुटबलले जनाएको छ । मासिक १० हजार युरो भन्दा कम तलब लिने व्यक्तिलाई नयाँ निर्णयले कुनै फरक नपार्ने बताईएको छ ।

हामीले कसैलाई संलग्न हुन कर गरेका छैनौ । पिटले भनेका छन्, बहुमत सदस्य यस निर्णयको विपक्षमा छैनन् । जागिर बचाउनका लागि हामीले निर्णयलाई स्विकार गर्न आग्रह गरेका छौ । यो निर्णय नभएको अवस्थामा हाम्रो जागिर समेत प्रभावित बन्छ।

लिग वानमा पीएसजीका खेलाडीले धेरै तलब बुझ्दै आएका छन् । क्लबले समेत खेलाडीसंग तलब कटौतीको बिषयमा छलफल गरिरहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?