बझाङमा नेपाली कांग्रेसका जिल्ला सभापती सहित ३ सय ३९ जना क्वारेन्टाइनमा

 

काठमाडौं । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा नेपाली कांग्रेसका जिल्ला सभापती सहित ३ सय ३९ जना क्वारेन्टाइन बसेका छन । स्वाब परीक्षण गर्न ढिलाई भएपछि नेपाली कांग्रेसका जिल्ला सभापती हर्कजंग बहादुर सिंह लगायत ३ सय ३९ जना मानिसहरु क्वारेन्टाइनमा बसेका हुन ।

जिल्लामा रहेका स्थानिय तहहरुले क्वारेन्टाइनकोे व्यवस्था गरिरहेका छन । पहाडी जिल्लामा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले भारत तथा तेश्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने गरेको छ । भारतबाट आएका केहि मानिसहरु मात्र क्वारेन्टाइनमा बसेका र केहि मानिसहरु आ– आफ्नो घरतिर गएका छन ।

रोजगारी का लागि भारत गएका अधिकांश मानिसहरु घर फर्किसकेको हुनाले बझाङ पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको जयपृथ्वी नगरपालिकाका स्थानिय ज्ञानेन्द्र सिंहले बताए । उनले भने अन्य पहाडी जिल्लाहरुमा धमाधम स्वाब परिक्षण भइरहेको बेला बझाङमा भने स्वाब परीक्षणमा ढिलाइ भएको छ ।

१७ दिन देखि क्वारेन्टाइनमा बसिरहेका छौ, सुदुरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाईरस पुष्टि भएपछि पहाडी जिल्लाबाट पनि भारत तथा तेश्रो मुलुकबाट आएका सबै नागरिकको नमुना संकलन गरी काठमाडौं पठाउन पर्ने नेपाली कांग्रेसका सभापती हर्कजंग बहादुर सिंहले बताए । उनले भने बिश्वमा नै कोरोनाको महामारी फैलिरहेको बेला सबै नेपालीहरु पनि सचेत हुनु जरुरी छ ।

जिल्लाभर रहेका ३५ वटा क्वारेन्टाइन स्थलमा १३ महिला र ३ सय २६ पुरुष गरी ३ सय ३९ जना क्वारेन्टाइनमा बसेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक नेत्र बोहराले बताए । क्वारेन्टाइनमा बसेकाहरुको एक साता भित्र स्वाब परीषण गरी रिर्पोट आएपछि छोडिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?