रसुवा । सांसद मोहन आचार्यले आफ्नो जिल्ला रसुवामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
बिहीवार जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी मार्फत जिल्लाका स्वास्थ्यकर्मि तथा सुरक्षाकर्मीलाई आवश्य स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।

साथै सांसद आचार्यले प्रमुख जिल्ला अधिकारी भण्डारीलाई ४० थान पिपिई., एन ९५ मास्क ४ सय थान र पन्जा १५ सय थान स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको नेबिसंघका नेता सुनिल पौडेलले जनाकारी दिए ।
सांसद आचार्यले प्रदान गरेका सामग्रीहरु जिल्लामा कोरोना नियन्त्रणका लागि खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई प्रदान गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया