काठमाडौं । विश्श्वभर फैलिएको कोरोना भाईरस कोभिड-१९ ले विश्वलाई नै त्रसिद बनाईरहेको बेला युएईमा रहेका नेपालीहरुको अबस्थाबारे नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानीप्रसाद तिमल्सिनासँग फोन मार्फत जानकारी लिएका छन्।
बिहीवार बिहान भएको कुराकानीमा कोरोना भाईरसले युएईमा रहेका नेपालीहरुको अवस्थाबारे चासो ब्यक्त गरेका थिए । कुराकानीमा समितिका सभापति तिमल्सिनाले युएईमा रहेका नेपाली श्रमिकको अवस्था गम्भीर रहेको जानकारी दिएका थिए। कुराकानीमा युएईमा झन्डै २ दर्जन नेपाली संक्रमित छ्न्।
“यो संख्या अझै बढ्ने सभावना रहेको छ,केही दिन अघि मात्र एक नेपालीको मृत्यु समेत भैसकेको छ,दुई जना उपचार पश्चात फर्किएका छ्न् । भने बाँकि संक्रमितको उपचार भैरहेको छ” तिमल्सिनाले भने । “कोरोनाले गर्दा धेरै नेपालीहरु कामबिहिन भएका छ्न्,भिजिटमा आउनुभएका नेपालीहरु घर फर्कन पाउनु भएको छैन,यो समयमा धेरै नेपाली श्रमिक आफ्नो घर नेपाल फर्कन चाहिरहेका छ्न्।” उनले थपे ।
कुराकानीमा सभापति देउवाले सबै नेपालीहरुलाई संक्रमणबाट बच्न र बचाउन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् । संसदमा प्रतिपक्षको भूमिका निभाई रहेको नेपाली कांग्रेसले यस्तो दुःखद परिस्थितिमा आफ्नो जिम्मेवारी पूर्णरुपमा निभाउँदै सरकारलाई युएई मात्र नभई मध्यपुर्ब एवं अन्य मुलमा रहेका सम्पुर्ण श्रमिक नेपालीहरुको रक्षाका लागि तत्काल कार्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी समेत दिएका छन् ।
गुमाएर समस्यामा परेका नेपालीहरु,भिजिट भिषामा गएका नेपाली नागरिकहरुमाथि समेत परेको समस्यामा सकेको सघाउन नेपाली जनसम्पर्क समिति युएईलाई निर्देशन समेत दिएका छन् । उनले यो दुःखद परिस्थितिलाई सबैले झेल्नु पर्ने बाध्यता भएकाले त्रसिद नभई बस्न पनि अनुरोध गरेका छन् ।
कुराकानीमा तिमल्सिनाले यो विपतको घडिमा नेपाल फर्कन चाहने नेपालीहरुलाई जतिसक्दो छिटो नेपाल फर्कने व्यवस्था मिलाउन सरकार र सरोकारवालासंग समन्वय एवम अपिल गरीदिन सभापति देउवासंग अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया