महानगरद्वारा स्थापित राहत कोषमा ३ करोड ६४ लाख

कास्की । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म ३ करोड ६४ लाख ७१ हजार सङ्कलन भएको छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो । महानगरको दुई करोड र गण्डकी प्रदेश सरकारतर्पmबाट रु एक करोड उपलब्ध गराएसँगै महानगरले स्थापना गरेको सो कोषमा विभिन्न सङ्घ, संस्था, व्यक्तिबाट १६ लाख ७१ हजार ६१ सहयोग प्राप्त भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बराललाई उक्त कोषको सहयोगार्थ पोखरा–१४ नागमणि टोल निवासी नारायणप्रसाद सापकोटाले२२ हजार बराबरको चेक हस्तान्तरण गरेका थिए । कोषमा महानगरका कर्मचारीबाट ४८ लाख ५० हजार जम्मा गरी स्थापना गरिएको राहत कोषबाट महानगरले छनोट गरेका लाभग्राहीलाई वडा कार्यालयमार्फत राहत वितरण कार्य शुरु गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?