१३ आश्विन २०८०, शनिवार

प्रदेश २ मा उत्साहपूर्वक मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्यो

२०७४,आश्विन,२,सोमवार १४:१३

0
Shares

काठमाडौं, २ असोज ।प्रदेश नं.२ को स्थानीय तह निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । मतदान उत्साहपूर्वक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।साउन अन्तिममा आएको बाढीले अधिकांश जिल्ला डुवानमा परेको भएता पनि नागरिकले उल्लासमय ढंगले मतदानमा भाग लिएका छन । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवका अनुसार झण्डै ७३ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।बिहान सात बजेदेखि मतदानको समय तोकिए पनि त्योभन्दा करिब दुई(तीन घण्टा अघि नै मतदाताहरु लामवद्ध भएका थिए । कतिपय मतदान केन्द्रमा पुरुषको तुलनामा महिलाहरुको संख्या उल्लेख्य देखिन्थ्यो ।प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहमा चुनाव भएको छ । चुनावमा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको थियो ।  

प्रकाशित मिति: २०७४,आश्विन,२,सोमवार १४:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक

जनकपुरधाम । जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला ब्यानर हटाइएको छ । यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोज

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धि समस्या समाधानको लागि संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०