महालक्ष्मी विकास बैंकले दियो कोरोना नियन्त्रणको लागि ५० लाख

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैकले संघीय सरकारलाई१२ लाख, प्रत्येक प्रदेश सरकारलाई ४ लाखका दरले २८ लाख र विभिन्न स्थानीय क्षेत्रहरुमा १० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?