‘क्याट’ जो भोकै भौतारिएका कुकुरहरुको सहारा बन्दैछ

काठमाडौं । काठमाडौं पशु आश्रम (क्याट) बुढानिलकण्ठमा रहेको पशु आश्रम हो यहि आश्रमका कारण काठमाडौंमा भौतारिएर भोकभोकै दगुर्ने कुकुर र चराचुरुङ्गीले पेट भर्न पाएका छन् । पछिल्लो समय कोरोना भाइरस कोभिड १९ को कारण विश्व भयभित भएका बेला यस महामारीबाट बच्न नेपाल सरकारले पनि लकडाउन नीति अपनाएको छ ।

अध्ययन वा कामको सिलसिलामा शहरमा बसेका मानिसहरु सरकारले दिएको समयावधीमा गाउँ फर्किए । आफ्नो सुरक्षाको व्यवस्था मिलाउँदै सुरक्षित लाग्ने स्थानतिर दौडिए । तर सडकमा तिनै मानिसको सहारामा बाँचेका यी अबोध प्राणी ?

यीनिहरु यस्तो बेला भोकभोकै पर्छन् । जसै भूकम्पपछिको अवस्थामा समेत यिनीहरु निकै भौतारिनुपरेको थियो । अहिले देश पूर्ण लकडाउन भएपछि काठमाडौं पशु आश्रम काठमाडौंले यीनिहरुको सहारा बनेको छ । संस्थाले पशु चिकित्सक, कर्मचारी, स्वयम्सेवकलाई कोरोनाबाट बच्च उच्च सर्तकता अपनाएर भोका कुकुर र चराचुरुङ्गीलाई खाना खुवाउन व्यवस्था गरिरहेको छ ।

यसैबीच आज यस पशु आश्रमले बुढानिलकण्ठआसपासका क्षेत्रमा मात्र नभई वसन्तपुर आसपासका क्षेत्रमा सडकमा हिँडेका चौपायालाई खाना खुवाएको छ । हरेक दिन आवश्यक सरसामानको जोहो गरेर आफ्नो गाडिमा खाना राखेर विभिन्न स्थानका कुकुर, चराचुरुङ्गीलाई खाना खुवाउन हामी निस्कन्छौं काठमाडौं पशु आश्रमका एकाउन्टेन्ट बाशु पराजुलिले लोकपथसँग भने, विशेष गरी हामी होटल एरीयाको कुकुरहरुलाई खाना खुवाउन बढि फोकस गरिरहेका छौं । उनले थपे ।

हेर्नुहोस् फोटोमा :

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?