भर्चुअल थिएटर फेस्टिभलमा अब दिनमा दुई नाटक

काठमाडौं । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा अब दिनमा दुई नाटक देखाइने भएको छ । उत्सव समापनतिर पुगेको र दर्शकको उत्साहजनक सहभागिता र प्रतिक्रियाका कारण चैत्र २७ गते दिउँसो १ बजे पनि प्रदर्शन थप गरिएको हो ।

थपिएको दोस्रो साताको अन्तिम दिन बिहिवारदेखि पुनः थप केही दिन उत्सव लम्बाउँदै एकै दिनमा फरक-फरक दुई नाटकको भिडियो प्रदर्शन गर्न लागेको फेस्टिभल निर्देशक केदार श्रेष्ठले बताएका छन् ।

उत्सवमा बुधवार प्रतिक्षा कट्टेल लिखित तथा विजया कार्की निर्देशित नाटक ‘क्लेशाः’को भिडियो प्रदर्शन हुँदैछ । जसमा सिनेमामा चर्चामा रहेकी अभिनेत्री सुरक्षा पन्तका साथै कुशल पाण्डे, सिर्जना अधिकारी, रुजु शर्मा, स्वप्निल घिमिरे लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?