केसी परिवारबाट नुवाकोटका सबै वडाको स्वास्थ चौकिमा स्वास्थ्य उपकरण तथा सामाग्री वितरण

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

नेता केसीले यशोदादेवि भगबानसिंह केसी मेमोरियल ट्रस्ट मार्फत ८८ वटा पीपीई, ६ सय थान ग्लोब, ५ हजार पिस सर्जिकल मास्क र एक हजार दुईसय थान स्यानिटाइजर उपलब्ध गराएको हो ।

ट्रष्टका प्रमुख संरक्षक समेत रहेका नेता केसी, नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष तथा प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी र नुवाकोट नेपाली कांग्रेस जिल्ला सभापति तथा संस्थाका महासचिव जगदीश्वर नरसिंह केसीको उपस्थितीमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

जिल्लामा रहेका सबै अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकी, सबै गाउँपालिकाहरु र २ नगरपालिकालाई ४ सयका दरले मास्क र प्रत्यक स्वास्थ चौकीमा कम्तीमा एक एक वटा पुग्ने गरी पीपीई र अन्य सामग्री उपलब्ध गराइएको नेता केसीेले जानकारी दिएका छन् ।

साथै ट्रस्टले प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल पत्रकार महासंघ मार्फत पत्रकार पत्रकारहरू र नेपाल ट्रेड युनियन कांग्रेसमार्फत मजदुरहरूलाई पनि मास्क र स्यानिटाइजर उपलब्ध गराएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?