घट्यो निक्षेपको व्याजदर, संस्थागत तर्फ ८ प्रतिशत

काठमाडौं । बुधवारबाट सबै वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन्। बैंकर्स संघको पहलमा सबै वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर घटाएका हुन् ।

बैंकर्स संघले वाणिज्य बैंकहरुबीच यसका लागि भद्र सहमतिको निर्माण गरेको छ ।

बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याज दर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएका छन्। बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दतिको व्याजदर एक प्रतिशत विन्दुले झारेर ८दशमलव ७५ प्रतिशत कायम गरेका छन्।

त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याज दर डेढ प्रतिशत विन्दुले घटाएका छन्।

अब बैंकले संस्थागतलाई ८ प्रतिशत ब्याज दिनेछन् । बैंकले साढे ६ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज दर ५ दशमलव ५ प्रतिशतमा झारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?