काठमाडौं । नेपाली काङ्ग्रेस तारकेस्वर नगरपालिका वडा नं ८ इकाइ कार्यसमितिले आफ्नो वडामा स्वास्थ सामाग्री वितरण गरेको छ । कांग्रेस वडा नं ८ कार्यसमितिका एकाइ सभापति स्यामकृष्ण सापकोटाको अगुवाइमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
उक्त कार्यसमितिले आफ्ना वडामा रहेका स्वास्थ्य चौकीहरुमा पिपिइ तथा वडाको फोहोरमैला व्यवस्थापन समितिलाई ह्यान्ड वास, फिनेल, मास्क, पञ्जा लगाएतका सामाग्रीहरु वितरण गरिएको बिध्यार्थी नेता परोपकार अधिकारीले लोकपथलाई जानकारी दिए ।
साथै उक्त कार्यक्रममा बिध्यार्थी नेता परोपकार अधिकारी, विनोद देवकोटा, रवि सापकोटा लगायत अन्यको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया