अन्तत: पाराग्वेको जेलबाट रिहा भए रोनाल्डिन्हो

काठमाडौं । ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । करिब एक महिने जेल बसाइपछि रोनाल्डिन्हो ससर्त जेल मुक्त भएका हुन् ।

नक्कली कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो र उनका भाइ रोबर्टो गत महिना पक्राउ परेका थिए । दुवैले पाराग्वेको पासपोर्ट बोकेको कारण पक्राउ गरिएको बताईएको थियो ।

उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाईएको थियो । तर, उनीहरु ३२ दिनपछि रिहा भएका हुन् । तर, न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको किनारा नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरि रिहा गरिएको बताएका छन् ।

रोनाल्डिन्हो एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । त्यहिँ समय उनीहरु पक्राउ परेका थिए ।

रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो । सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।

फिफा प्लेयर अफ दि इयर, बालोन डीुओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?