मुलरले गरे वायर्नसँग नयाँ सम्झौता

काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखका फरवार्ड थोमस मुलरले क्लबसँगको सम्झौतामा नवीकरण गरेका छन् । जर्मनीका विश्वकप विजेता फरवार्ड मुलरले क्लबसँग मंगलबार थप दुई वर्षको नयाँ सम्झौता गरेका हुन् ।

सम्झौतासँगै मुलर सन् २०२३ सम्म क्लबमा रहनेछन् । उनले सम्झौता सकिन एक वर्ष बाँकी रहदै नवीकरण गरेका हुन् । अझै २ वर्षमा क्लबमा रहदा म खुसी छु । क्लबका लागि मैदानमा सबै दिनेछु,  नयाँ सम्झौतापछि मुलर भने ।

३० वर्षे मुलर सन् २००९ मा वायर्न आएका थिए । उनले क्लबका लागि ५०० बढी खेल खेलेका छन् । उनले बुन्डेस लिगामा १ सय १६ गोल गरिसकेका छन् । मुलर जर्मनीले सन् २०१४ मा विश्वकप चुम्दा टिमका मुख्य खेलाडी थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?