स्पेनिस ला लिगा मे अन्तिमबाट हुनसक्ने

काठमाडौं । कोरोना भाईरसको कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल आगामी मे महिनाको अन्तिमबाट पुन: सुचारु हुने भएको छ । ला लिगाका अध्यक्ष जाभियर टेबासले लिग मे २८ बाट सुचारु गर्ने तयारीसहित छलफल भईरहेको बताएका छन् ।

हामीले यो फरक परिस्थितिमा प्रतिस्पर्धामा जान युईएफएसँग छलफल गरिरहेका छौँ । सम्भवत मे २८, जुन ६ वा जुन २८ रहेको छ, उनले भनेका छन्, हामी यहिँ मिति भन्न सक्दैनौ । स्पेन सरकारले दिनेछन् ।

कोरोनाको कारण स्पेनमा मार्च ११ पछि कुनै फुटबल गतिविधि भएको छैन । आगामी अप्रिल २६ सम्म फुटबल गतिविधि स्थगित गरिएको छ ।

यस्तै उनले लिग रद्द भएका १ बिलियन युरो गुमाउनु पर्ने बताए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?