कोरोनालाई जितेर अस्पतालबाट घर फर्किइन् गायिका कनिका कपूर

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड गायिका कनिका कपूर उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

कोरोना भाइरसबाट संक्रमित भएपछि उनी एसजीपीजीआई अस्पतालमा करिव दुई हप्ता अगाडि भर्ना भएकी थिइन् । उनलाई सोमवार अस्पतालले स्वस्थ रहेको भन्दै डिस्चार्ज गरेको हो ।

लगातार पाँच पटकसम्म उनको टेस्ट रिपोर्ट पोजेटिभ पाइएको थियो । तर उनको छैटौँ कोरोना भाइरसको टेस्ट रिपोर्ट भने नेगेटिभ पाइएपछि उनलाई अस्पतालले डिस्चार्च गरेको हो ।

बेलायतबाट फर्किएपछि उनमा कोरोना संक्रमण देखिएको थियो । तर डिस्चार्ज गरेपनि उनले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने अस्पतालले बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?